मादी गाउँपालिकाको हिउँदे अधिवेशन पुष ६ र ७ गते हुने

पाेखरा | मंसिर १७, २०७९

मादी गाउँपालिकाको हिउँदे अधिवेशन पुष ६ र ७ गते हुने

पोखराः  कास्कीको मादी गाउँपालिको हिउँदे अधिवेशन पुष ६ र ७ गते  हुने भएको छ । 

 

आज (शनिबार) मादी गाउँपालिकाको आठौं कार्यपालिका बैठकले हिउँदे अधिवेशन पुष ६ र ७ गते गर्ने निर्णय गरेको हो । शनिबार मादी २ को पर्यटकिय ठाउँ क्रपु डाडामा कार्यपालिका बैठक बसेको थियो ।  

मादी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र एवम् धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रम अन्तर्गत मादी २ को क्रपु डाडामा कार्यपालिकाको आठौं बैठक बसेको मादी १ वडाध्यक्ष देवीजंग  गुरुङले जानकारी दिए । 

 

कार्यपालिकाको बैठक गाउँपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा बस्दै आएका छौं, वडाध्यक्ष गुरुङले भने, बैठकले हिउँदे अधिवेशन पुष ६र ७ गर्ने,  गाउँपालिका मातहतका उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन, ताङतिङ क्रपु डाडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस, क्हफुचे हिमताल, त्हि हुदै तारा हिलटप पदमार्गको विकास गर्ने लगायतका निर्णयहरू गरेका छौं । 

 

गाउँपालिकाको घुम्ति कार्यपालिका बैठक मादी गाउँपालिकाको धार्मिक स्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्होलासोथर लगायतका ठाउँहरूमा बैठक बस्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए  । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्